About Us

WELCOME TO
SHIKHAR COOPERATIVES

नेपाल सरकारको सहकारी ऐन अनुसार डिभिजन सहकारी कार्यलय भद्रपुर, झापामा दर्ता नम्बर ३/१/७/४९२ /०६७/०६८ अनुसार दर्ता भई झापा जिल्लाका ५ ओटा गाबिसहरु कार्यक्षेत्र बनाइ स्थानिय ब्यापारी बुद्धिजिवी, युवा, मजदुर तथा किसानहरु सङ्गठित भई  यस संस्थाको स्थापन भएकोमा हाल क्षेत्र बिस्तार गरी झापा जिल्ला कनकाइ माइखोला पूर्वका नगरपालीका तथा गाउपालिका कार्यक्षेत्र बनाइएको छ । संस्थाको मुख्य कार्यलय बिर्तामोड नगरपालीका -५ काकरभिट्टा रोडमा रहेको छ र संस्थाले सदस्यको सहजतालाइ मध्यनजर गरि राजगढ र गरामनी पनि  सेवा पुराइरहेका छौ ।

"एकका लागि सवै र सवैका लागि एक" भन्ने सिद्धान्तबाट प्रेरित भइ व्यक्ति, परिवार, समाज र समग्र राष्ट्रको आर्थिक हित तथा सामाजिक समून्नतिको लागि एकताबद्द प्रयासलाइ आत्मासाथ गरेर  शिखर बचत तथा ऋण सहकारी संस्थाको स्थापना बि.स. २०६७-०६-२२ गरिएको हो।   संस्थाले शेयर सदश्य को आर्थिक स्थितीलाई सुध्रिढ र बलियो बनाउन सरल र सुलभ तरिका बाट कर्जा पाएमा केही गर्न सक्छौ भन्ने आट हिम्मत भएका व्यक्तिहरुलाइ छिटो छरितो कर्जा प्रदान गरी उनिहरुको ब्यापार ब्यवसायलाई अगाडि बढाउन जोडका  साथै सदस्यको निक्षेप रकमलाई आकर्षक ब्याज प्रधान गरी सदस्यमैत्री बनाउने प्रयास  गरिरहेका छौ । 

 

Our Objectives

  • सदस्यहरुमा छरिएर रहेका श्रम, सीप, साधन र पूजीलाइ एकत्रित गरी सदस्यरुलाइ आय आर्जनको क्षेत्रमा लगानी गर्न प्रोत्साहीत गर्ने ।
  • सदस्य एवं सदस्यका परिवार  विदेशमा बसी गरेको कमाइ सजीलै प्राप्त गराउन सकियोस् भनि " मनि ट्रान्सफर" मार्फ सेवा प्रदान गर्ने ।

Our Mission

  • आर्थिक सक्षमता, सहकारी सिद्धान्त र यसको व्यवहारीक प्रयोगबाट दिगो विकास, आर्थिक भेदभावरहित सामाजीक न्यायको संस्थागत विकास ।
  • स्थानीय आन्तरीक स्रोत र साधनको अधिकतम् प्रयोग तथा व्यवस्थीत परिचालन सहित भौतिक एवं मानवीय अत्यावश्यक पूर्वाधारहरुको विकास गरी सामाजिक, आर्थिक न्याय एवं एकतामा जोड ।

Our Vision

  • सदस्यहरु बिच सहकार्य र प्रजातान्त्रीक व्यवहार, सुखी र सम्पन्न समुदाय निर्माणको आधार ।
  • सदस्यमैत्री सहकारी बनाउने प्रतिबद्दता ।

11

Years of Experience

7047

Happy Members

51

Sucessful Projects

6500K

Money Raised